चालु आ.व.भित्रै सुदूरपश्चिमका ३ पहाडी जिल्लामा उद्योग खोल्छौं : मन्त्री भट्ट

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २७ गते ५:०७

बैतडी । उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री माया भट्टले चालु आर्थिक वर्षभित्रै सुदूरपश्चिम प्रदेशका बैतडी, दार्चुला र डडेल्धुरामा ३ वटा उद्योग स्थापना गर्ने बताएकी छन्।

दशरथ चन्द नगरपालिका–५, सुन्दरखालीमा आयोजित नगरस्तरीय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले सुदूरपश्चिमका पहाडी जिल्लाहरुको सम्भावनालाई मध्यनजर गर्दै उद्योग खोल्ने बताइन्।

प्रतियोगितामा दशरथचन्द नगरपालिकाका ११ टिमको सहभागिता छ। कात्तिक २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता प्रथम, द्वितीय र तृतीय हुने टीमले क्रमश ः १ लाख १, ५० हजार १ र २० हजार सहित मेडल र प्रमाणपत्र पाउने भएका छन्।

२०७५ कार्तिक २७ गते ५:०७ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर