अमेरिकी चर्चित कमिक पुस्तकका लेखक ‘स्टेन ली’ को निधन

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २७ गते ५:३९

काठमाडौं । अमेरिकी नागरिक चर्चित कमिक पुस्तकका लेखक ‘स्टेन ली’ को निधन भएको छ।

लीको लस एन्जलसको सिडर सिनई मेडिकल सेन्टरमा उपचारका क्रममा मृत्यु भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ।

एजेन्सी । ९५ वर्षीय ली पछिल्ला केही वर्षयता निमोनियालगायतका रोगबाट पीडित थिए। सन् १९६१ मा मार्भल कमिक्सका लागि दी फ्यान्टास्टिक फोरको रचना गरेपछि ली चर्चामा आएका थिए। लीद्वारा लिखित दी इन्क्रेडिबल हल्क र स्पाइडरम्यान शीर्षकको कमिक पनि उत्तिकै रुचाइएको थियो।

रोमानियाबाट बसाइँसराइ गरेर अमेरिका पुगेको कामकाजी परिवारमा जन्मिएका ली १८ वर्षको उमेरमा नै कमिक्सका सम्पादक भएका थिए।

२०७५ कार्तिक २७ गते ५:३९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर