धुर्मुसले हरिवंशको क्यारिकेचर गर्दा अलमलमा परे दर्शक (हेर्नुहोस् भिडियो)

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २७ गते ८:२०

काठमाडौँ। मह सञ्चारको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘दाल भात तरकारी’को शुभ मुर्हूत गरिएको छ। वरिष्ठ कलाकार हरिवंश आचार्यको ६१ औं जन्मदिनको अवसर पारेर आज चलचित्रको शुभ मुर्हूत गरिएको गरिएको हो। मंसिर १ गतेबाट फ्लोरमा जाने फिल्मको मङ्गलबार बिहान कमलादीस्थित गणेश मन्दिरमा मुर्हूत गरिएको हो।

चलचित्रकी नायिका आँचल शर्मा र नायक पुष्पल खड्काले मुर्हूत सट दिएका थिए। आँचल शर्माले नायिका स्वस्तिमा खड्कालाई रिप्लेस गरेर चलचित्रमा अनुबन्धित भएकी हुन्। सबैभन्दा अगाडि फिल्ममा अनुबन्धित भएकी अभिनेत्री खड्काले समय अभावका कारण फिल्म गर्न नसक्ने भएपछि निर्माण टिमले अभिनेत्री शर्मालाई साइन गरेको हो।

चलचित्रमा हरिवंश, निरूता सिंह, विल्सन विक्रम राई, राजाराम पौडेल, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरूको अभिनय रहनेछ।

(हेनुहोस् भिडियो)

२०७५ कार्तिक २७ गते ८:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर