ट्रम्पको विरुद्ध युवती नाङ्गै सडकमा उत्रिएपछि (भिडियो सहित)

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २७ गते १२:४१

एजेन्सी। फ्रान्सको पेरिसमा प्रथम विश्वयुद्धको सय वर्ष पूरा भएको सम्झनामा आयोजित कार्यक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोधमा उक युवती टपलेस भएर सडकमा उत्रिएकी छिन् । उनले सुरक्षा घेरा तोड्दै ट्रम्पको गाडीअगाडि जाने प्रयास गरिन् । तर, सुरक्षाकर्मीले उनलाई रोके । जब ट्रम्पको गाडीसहितको सवारी आइरहेको थियो तब ती युवतीले सुरक्षा घेरा तोड्दै ट्रम्पको नजिक जाने कोसिस गरेकी थिइन् ।

उुवतीले शरीरमा ‘फेक’ र ‘पिस’ शब्द लेखेकी थिइन् । नारीवादी समूह फेमेनकी एक नेताले उनीहरुको समूह यो प्रदर्शनमा सहभागी भएको बताइन् । अर्की अधिकारकर्मी महिलाका अनुसार उनीहरुको समूह पेरिसमा यस्ता नेताहरुको विरुद्ध प्रदर्शन गरिरहेको छ जो संसारका धेरैजसो संघर्षका लागि जिम्मेवार छन् । उनीहरुले ट्रम्पका अलावा रुसका राष्ट्रपति भ्यादिमिर पुटिन, टर्कीका राष्ट्रपति एर्दोआनको पनि नाम लिए । हेर्नुहोस् प्रदर्शनको भिडियो –

२०७५ कार्तिक २७ गते १२:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर