तनुश्री दत्ताले बलात्कारी बाबासँग मिलेर आफ्नो हत्या गर्ने प्रयास गरेको राखिको आरोप

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २७ गते १२:५१

एजेन्सी। आइतबार साँझ महिला रेस्लरबाट कुटाइ खाएकी भारतीय आइटम डान्सर राखी सामन्तले आफूमाथि आफ्ना दुश्मनले आक्रमण गराएको बताएकी छिन् । उनले नामै तोकेर बलिउड अभिनेत्री तनुश्री दत्ता, बलात्कारी बाबा गुरमित राम रहिम वा उनकी कथित छोरी हनीप्रित इंसांले आफ्नो हत्याको प्रयास गरेको बताएकी छिन् ।

राखी कुटाइ खाएपछि अहिले अस्पतालमा छिन् । उनले यो योजाबद्ध आक्रमण भएको बताइन् । राखीले आफ्नो हत्या नै गर्ने वा आफूलाई पुनः डान्स गर्न नसक्ने गरी शारीरिक चोट पुर्याउने उद्देश्यले आक्रमण भएको दावी गरिन् । ‘यो मलाई मार्ने वा फेरि कहिल्यै पनि डान्स गर्न नसक्ने गरी चोटग्रस्त बनाउने उद्देश्यले गरिएको हो’ राखीले भन् चर्चित भारतीय डान्सर हुँ र मेरो आम्दानीको एकमात्र स्रोत यही हो ।’

राखीले गुरमित राम रहिम सिंह र हनीप्रितको ‘ग्याङ’ले आफूविरुद्ध खतरनाक योजना बनाइरहेको र तनुश्री दत्ता समेत त्यही ग्याङकी सदस्य भएको आरोप लगाइन् । ‘मैले उनीहरुलाई बलिउड प्रदूषित गर्न नदिएका कारण मसँग रिस छ’ राखीले भनिन् ।

२०७५ कार्तिक २७ गते १२:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर