अभिनेता सरोज खनालद्वारा चेपाङ्गलाई डेढ लाख रुपैयाँ आर्थिक सहयोग

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २७ गते १३:२३

काठमाडौँ । चितवनको रत्ननगरमा रहेको गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैया रुपैयाँको चेक हस्तान्तरण गरेका छन्।

अमेरिकामा अक्टोबर १३ मा केसि डान्स सेन्टर ले आयोजना गरेको कलिउड नाइट २०१८ मा सहभागी सुपर मम हरुले संकलन गरेको ७ सय ११ अमेरिकन डलर, महेन्द्र कुवर बाट ५०० डलर र समाजसेवी श्याम बजिमाया बाट १०१ डलर गरि जम्मा भएको एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैयाको चेक गामबेशीको चेपाङ संरक्षण केन्द्र अध्यक्ष केपी किरण शर्मालाई सहयोग गरेका हुन्।

कार्यक्रममा बोल्दै अभिनेता सरोज खनालले दशैंमा अमेरिका गएको बेला त्यहाँ गरिएको सस्कृति कार्यक्रम बाट उठेको पैसा केसी डान्स सेन्टरका संस्थापक द्वय नविन केसी तथा लुना श्रेष्ठ मार्फत आफुलाई यस केन्द्रमा सहयोग गर्न प्रदान गरिएको र अन्य व्यक्ति बाट पनि केहि रकम सहयोग भएको हुदा यस गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई सहयोग गर्न पौड खुसि लागेको बताए।

कार्यक्रममा खनालले चेपाङ्ग बालबालिकालाई पढेर ठुलो मान्छे बन्नु पर्छ भन्दै शिक्षा भन्दा ठुलो केहि नहुने भन्दै यस केन्द्रले यसरी चेपाङ्ग बालबालिकालाई शिक्षा दिएकोमा ध्यक्ष केपी किरण शर्मालाई धेरै धेरै धन्यवाद दिदै फेरी फेरी सहयोग गर्ने समेत बताए।

गामबेशीको चेपाङ संरक्षण केन्द्र अध्यक्ष केपी किरण शर्माले यसरी नै विभिन्न व्यक्तिको सहयोगले यो केन्द्र यहाँसम्म आएको भन्दै सहयोग गर्ने सबै हातलाई धेरै धेरै धन्यवाद दिए। अहिले १३२ जना चेपाङ्ग बालबालिकालाई शिक्षा तथा बस्न खानको सम्पूर्ण व्यवस्था गरेको केन्द्र बाट करिब ४०० भन्दा बढी चेपाङ्ग बालबालिकालाई शिक्षा दिएको बताए।

कार्यक्रममा स्कुल हेडमास्टर राम बहादुर थापा मगर, समाजसेबी हरि केसी,पत्रकार रबि रोजी लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा चेपाङ्ग बालबालिकाले उपस्थिति सबैलाई आफ्नो समुदायको निकै मार्मिक गीत सुनाएका थिए।

२०७५ कार्तिक २७ गते १३:२३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर