११ वर्षको बालकले रिसमा गर्यो यस्तो हर्कत, सबैको होस उड्यो

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २७ गते १६:१६

एजेन्सी । अमेरिकाको ओहियोमा एक ११ वर्षको बालकले रिसमा यस्तो हर्कत गर्यो जसले कयौं मानिसको ज्यान जोखिममा पर्यो ।

खासमा यहाँको एक ११ वर्षीय बालक आफ्नी आमाले भिडियो गेम खोसेपछि निकै दुखी थिए । जब उसकी आमाले गेम खेल्न नदिएर पढ्न भनिन्, उ रिसले आफ्नो कोठामा गयो । र रातीमा परिवारलाई फोन गरेर पुरा परिवारको होस उडाइदियो ।

छोरालाई गालीपछि उसकी आमा सुत्ने तयारीमा हुन्छिन् । तर, उनका श्रीमान घर फर्किन ढिलो गर्छन् । यसैले उनी टिभी हेर्न थाल्छिन् । त्यसै बेला ओहियो प्रहरीबाट उनलाई फोन आउँछ । प्रहरीको कुराले उनको होस उड्छ ।

महिला तनावमा प्रहरीले भनेको स्थानतर्फ जान्छिन् र बाटोमै श्रीमानलाई फोन गर्छिन् । उनले थाहा पाउँछिन् यो घटनाबारे श्रीमानलाई पनि जानकारी भएको रहेछ ।

खासमा ११ वर्षको बालक दुखी भएर कोठमा जान्छ । पछि उ विस्तारै आफ्नो लक्जरी कार लिएर मस्ती गर्न जान्छ । यति सानो उमेरमा स्पोर्ट्र्स कार लिएर उ तुफान गतिमा हुन्छ । यहीबीचमा कार एक ट्रकसँग ठोक्किन्छ ।

प्रहरीका अनुसार सो बालकले कार करिब १२० किलोमिटर प्रतिघण्टाको स्पीडमा चलाएको थियो, जसले गर्दा कयौंको ज्यान जोखिममा रह्यो ।
ट्रकसँग ठोक्किएपछि कारमा क्षति पुग्छ । बालकलाई पनि चोट लाग्छ ।

उसलाई अस्पतालमा भर्ना गरिन्छ । प्रहरीले बालकको यो हर्कतले कयौंको ज्यान जोखिममा परेको बताएको थियो ।

२०७५ कार्तिक २७ गते १६:१६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर