कमेडियन कपिल शर्माको टिभीमा पुनरागमनको तयारी पूरा

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २८ गते १:०८

एजेन्सी। कमेडियन कपिल शर्माको टिभीमा पुनरागमनको तयारी पूरा भएको छ । उनी आफ्नो पुरानो कमेडी शो ‘द कपिल शर्मा शो’ लिएर टिभीमा फर्किंदैछन् । यो शो सलमान खानले नै निर्माण गर्नेछन् । पहिले चर्चा थियो कि यो शो नोभेम्बरमै प्रसारण हुनेछ । तर तयारी पूरा नभएपछि यसलाई केही पर सारिएको छ ।

कपिलले यो शोको पहिलो एपिसोड डिसेम्बर १६ मा सुटिङ गर्नेछन् । सुटिङ पंजाबमा डिसेम्बर १३ र १३ मा हुने कपिल शर्माको बिहेपछि हुनेछ । शोको पहिलो पाहुना शोका निर्माता सलमान खान नै हुनेछन् । स्रोतका अनुसार शोको पहिलो भागमा शोका सबै पात्रहरुलाई परिचय गराइनेछ । कपिल सलमानलाई पहिलो पाहुनाको रुपमा ल्याउन उत्सुक छन् । उनले सलमानसँग यस विषयमा कुरा पनि गरिसकेका छन् ।

सलमानले पनि यसमा रुचि देखाएका छन् । सलमानको टिमले अहिले १६ डिसेम्बरका दिन सलमानको व्यस्तता हेरेर कार्यसूची मिलाउँदैछ । सलमान र कपिल एकसाथ आउने खबरले दर्शकलाई निकै चकित बनाएको छ किनकि गतवर्ष यी दुईको सम्बन्ध ठिक थिएन । सलमानले आफ्नो फिल्मको प्रमोशन कपिलको शोमा गर्न अस्वीकार गरेका थिए । सलमानले ट्युबलाइटको प्रमोसन कपिलका प्रतिद्वन्द्वी सुनिल ग्रोवरको शोमा गरेका थिए । सलमानको सुल्तानको प्रमोशनका बेला कपिलले सलमानलाई घण्टौं पर्खाएका कारण सलमानले ट्युबलाइटको प्रमोशन नगरेको बताइन्छ । त्यसपछि यी दुईको सम्बन्ध बिग्रिएको थियो ।

२०७५ कार्तिक २८ गते १:०८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर