मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २८ गते ३:२९

उर्लाबारी, । मोरङको बेलवारी नगरपालिका– ४ पूर्वपश्चिम राजमार्गमा गए राति भारतीय लहरीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको एचआर४६सी ७८७६ नं को भारतीय लहरीले विपरीत दिशाबाट आउँदै गरेको को२०प ६७०२ नं को मोटरसाइकललाई ठक्कर दिँदा सुनसरी, बराहक्षेत्र नगरपालिका–४ का १९ वर्षीय आर्यन चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । चालकलाई इलाका प्रहरी कार्यालय बेलवारीले नियन्त्रणमा लिएको छ ।

२०७५ कार्तिक २८ गते ३:२९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर