विद्यार्थीको दिवा खाजा व्यवस्थापनका लागि २५ लाख विनियोजन

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २८ गते ४:४५

दमौली । म्याग्दे गाउँपालिकामा विद्यार्थीको दिवा खाजाको व्यवस्थापनका लागि २५ लाख विनियोजन गरिएको छ।

विद्यालयमा विद्यार्थी नियमित आउने वातावरण बनाउन तनहुँको म्याग्दे गाउँपालिकाले दिवा खाजाको व्यवस्था गरेको गाउँपालिकाकी अध्यक्ष माया रानाले बताइन्। गाउँपालिकाभित्रका २१ सामुदायिक विद्यालयका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको बताइएको छ।

विद्यार्थीको उपस्थितिलाई नियमित गर्न दिवा खाजाको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष माया रानाले बताइन्। गाउँपालिकाभित्र ३१ सामुदायिक विद्यालय रहेकामा माध्यमिक तहका १० विद्यालयबाहेक आधारभूत, प्राथमिक र बालविकास केन्द्र गरी २१ विद्यालयमा यस वर्षदेखि दिवा खाजाको व्यवस्था गरिएको रानाले बताइन्।

२०७५ कार्तिक २८ गते ४:४५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर