प्रहरी देख्दा भागदौडमा परी १ जनाको मृत्यु, ३ घाइते

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २८ गते ६:१३

बैतडी । जात्रामा गएका एक युवक प्रहरीलाई देखेर भाग्ने क्रममा भीरबाट खसेर १ जनाकोक मृत्यु भएको छ। भने ३ जना घाइते भएका छन्।

सिगास गाउपालिका वडा नं ३ को भूमिराज मन्दिर डुडैमा लागेको जात्रा हेर्न गएका वडा नं ५ का अन्ताजी २० वर्षीया बिरे चुनाराको भिरबाट लडेर मृत्यु भएको हो।
मेलामा कुनै गलत काम भइरहेको छ भन्ने सूचना पाएपछि सिगास प्रहरी चौकीबाट खटिएको टोलीले जाचबुझ गर्न जाँदा जुवाको खालबाट एक्कासी राति करिब ११ बजेतिर भागदौड हुदा चुनाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरि प्रबक्ता कान्ति राज जोसीले जानकारी दिए।

भूमिराज मन्दिरमा लागेको रतेडी मेलामा मन्दिरबाट पाँच सय मिटर पर सो घटना भएको वडा नं ३ का वडा अध्यक्ष सेरसिँ बोहराले जानकारी बताए।

२०७५ कार्तिक २८ गते ६:१३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर