लेकभेगको विकासका निम्ति प्रदेश ५ सरकारको चासो

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २८ गते १२:५२

रामपुर । पाल्पाको लेकभेगमा सर्वसुलभ मोटरबाटो तथा कृषिको मुख्य क्षेत्र बनाउनका निम्ति प्रदेश नं ५ सरकारको तीव्र पहल भएको छ।

पूर्वभूमिसुधार तथा व्यवस्थामन्त्री तथा सङ्घीय सांसद दलबहादुर राना, प्रदेश नं ५ का सांसद युवराज खनाल, नारायण आचार्यलगायतको टोलीले मङ्गलबार त्यस क्षेत्रको अवलोकन निरीक्षण गर्दै पाल्पा जिल्ला नै विविधताले भरिपूर्ण एवं धार्मिक तथा ऐतिहासिक महत्व बोकेको र कृषिका लागि समेत उपयुक्त क्षेत्र रहेकाले लेकडाँडालाई कृषिको मुख्य क्षेत्र बनाउनेमा जोड दियो।

पूर्वमन्त्री रानाले लेक तथा फाँट क्षेत्र नछुट्याई अब हरेक क्षेत्रका जनता विकासको दूरीमा नजीक वा टाढा नहुने बताए। निस्दी गाउँपालिकाको लेकडाँडामा अम्रिसो र दालचिनी तथा टिमुरको मुख्य क्षेत्र बनाउन सङ्घीय सांसद विकास कोषबाट रु १० लाख विनियोजन भइसकेको समेत उनले जानकारी दिए।

रामपुर नगरपालिकादेखि निस्दी गाउँपालिकाको मित्याल हुँदै आरुङ्खोला जाने मोटरबाटोको निर्माण पनि तीव्र पारिएको छ। आरुङ्खोलासम्म पुग्न मोटर मार्ग खुल्न अब २०० मिटर मात्रै बाँकी छ। प्रदेश नं ५ को संसद् विकास कोषबाट विनियोजित रु दुई करोडको लागतमा काम र अबको तीन महीनासम्ममा काम सम्पन्न गर्न प्रदेशसभा सदस्य युवराज खनालले निर्देशन दिए।

टोलीले आरुङ्खोला तथा मित्याल जोड्ने पक्की पुल निर्माण गरिने स्थलको समेत अवलोकन गरेकोे छ। केही महीनाअघि सर्वे भएको पुलको केही समयपछि काम थालनी गर्ने विषयमा टोलीले चासो देखाएको छ। समुद्र सतहबाट एक हजार ५०० मिटर उचाइमा रहेको लेकडाँडालाई पर्यटकीय क्षेत्र बनाउनका लागि त्यहाँको अर्चलेलाई कृषिको मुख्य क्षेत्र बनाउनका निम्ति पनि पहल भएको छ।

२०७५ कार्तिक २८ गते १२:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर