एलपीएल क्रिकेट : दोश्रो दिन कैलाली मोडेल र एबीसी नेपालगंजको जित

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २९ गते ०:३९

धनगढी । कैलाली मोडल ईङ्गलिस बोर्डिङ स्कुल धनगढी र एबीसी स्कुल नेपालगंजले धनगढीमा जारी तेस्रो निष्ट कलेज लिटिल फ्लावर प्रिमियर लिग क्रिकेटमा जित हासिल गरेका छन्।

देशकै सर्वाधिक धनराशीको विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार कैलाली मोडलले विस्जम एकेडेमी कंचनपुरलाई ६ विकेटले पराजित गर्यो। यस्तै एबीसीले काठमाण्डौंको मोक्छदा स्कुलाई ७ रनले हरायो।

टस जितेर पहिला ब्याटिङ गरेको विस्डमले २० ओभरमा ८ विकेट गुमाउँदै १७१ रनको योगफल बनाएको थियो। विस्डमको लागि प्रकाश जोशीले ५७, किरन ठगुन्नाले ४० कप्तान लोकेश बमले २७, वसन्त सिह कार्कीले १७, सुशील पन्तले १४ रन बनाए । कैलाली मोडेलका कैलाश खातीले ३ र वसन्त थापाले २ विकेट लिए।

विस्डमले दिएको १७२ रनको लक्ष्य कैलाली मोडलले ३ बल अगाबै ४ विकेट गुमाएर पुरा गर्यो । कैलाली मोडेललाई जिताउन सुवोध ऐरले सर्वाधिक ७४ रन जोडे । यस्तै कप्तान अजय बिष्टले ३७, अभिषेक पालले १९ र शोभित महताले १३ रनको योगदान दिए।

यस्तै दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एबीसीले १९ ओभर ३ बलमा अलआउट हुँदै १३७ रन बनाएको थियो । एबीसीका लागि विशाल केसीले २८, लवकुश यादवले २१, अमन अन्सारीले १४, कप्तान सदाव अन्सारी र सहिल वस्नेतले १३र१३ र बुद्ध अधिकारीले १२ रनको योगदान दिए । मोक्छदाका अनिश कार्कीले ४, विपिन खत्रीले ३, दिपक बोहराले २ विकेट लिए ।

एबिसीले दिएको १३८ रनको लक्ष्य पछ्याएको मोक्छदाले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १३० रन मात्रै बनाउन सक्यो । उसका लागि दिपक बोहोराले ३६, विशाल लिम्बुले ३४, कप्तान विपिन खत्रीले २७ र सुदिप बस्नेतले १६ रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । एबीसीका लागि सुभम ब , कप्तान सदाव अन्सारी र सोनु थापा मगरले २र२ विकेट लिए ।

संस्कार क्रिकेट एकेडेमी धनगढीको आयोजनामा धनगढीमा भईरहेको प्रतियोगिताको विजेताले १ लाख ११ हजार १ सय ११ प्राप्त गर्नेछ। उपविजेताले ५५ हजार ५ सय ५५ नगदका साथै ट्रफी पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १० हजार, उत्कृष्ट व्याट्सम्यान, उत्कृष्ट वलर र उदयमान खेलाडीलाई नगद ५ हजार सहित ट्रफी प्रदान गरिने छ।

२०७५ कार्तिक २९ गते ०:३९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर