यसकारण आँदैछन् कम्बोडियाका प्रधानमन्त्री नेपाल

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २९ गते २:०३

काठमाडौँ । कम्बोडियाका प्रधानमन्त्री नेपालको औपचारिक भ्रमणमा आगामी मङ्सिर १३ गते काठमाडौँ आउने भएका छन्।

परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले उनको दुई दिवसीय उक्त भ्रमण पारस्परिक हित र चासोका विविध विषयमा द्विपक्षीय वार्ता हुने जानकारी दिएका छन्।

सेक्टेम्बरमा भएको प्रधानमन्त्री केपी शर्मा ओलीको न्यू योर्क भ्रमणका क्रममा कम्बोडियाका प्रधानमन्त्री हुन सेनबीच भएको भेटवार्तामा सेन नेपाल आउने बताएका थिए। बुधबार भएको पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले उनको भ्रमणका बारेमा जानकारी दिएका हुन्।

उनले आफ्ना जापानी समकक्षीको निमन्त्रणमा आफू जापानको भ्रमणमा आगामी शनिबार त्यसतर्फ प्रस्थान गर्ने पनि जानकारी दिए। मन्त्री ज्ञवालीले त्यहाँबाट कृषि प्रविधि तथा कृषिको आधुनिकीकरणमा जापानी सहायता जुटाउनेमा आफू केन्द्रित रहने बताए।

“नेपालको विकासको प्रमुख साझेदार तथा हाम्रा प्रमुख भौतिक पूर्वाधार निर्माणमा लामो समयदेखि सघाउँदै आएको जापानसँग सडक तथा रेलजस्ता पूर्वाधारमा लगानी ल्याउन मेरो विशेष प्रयास हुनेछ।

औपचारिक वैदेशिक सहायता कटौती भइरहेको सन्दर्भमा जापानबाट अधिकभन्दा अधिक लगानी भित्र्याउनु मेरो भ्रमणको अर्को उद्देश्य हो।” जापानमा लगानीसम्बन्धी कार्यशालासमेत हुने जानकारी दिँदै परराष्ट्रमन्त्रीले भने।

२०७५ कार्तिक २९ गते २:०३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर