श्रीमती र छोराछोरीको हत्यामा संलग्न १ मेक्सिकाली पुरुषलाई अमेरिकामा मृत्युदण्ड

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक २९ गते ६:५२

वासिङ्टन । संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा श्रीमती र छोराछोरीको हत्यामा संलग्न १ जना मेक्सिकाली पुरुषलाई अमेरिकामा मृत्युदण्ड दिइएको छ।

स्थानीय अधिकारीहरुका अनुसार, ६४ वर्षीय रोबर्टो मोरेनो रामोसलाई घातक सुई लगाएर मृत्युदण्ड दिइएका जनाएका छन्। उनलाई सन् १९९३ मा ७ र ३ वर्षका बच्चा सहित पत्नीको हत्या आरोपमा मृत्युदण्डको सजाय दिइएको थियो।

रामोसले तीनै जनाको हत्या गरी घरको बाथरुमभित्र गाडेका थिए। त्यसको ३ दिनपछि उनले अर्कै केटीसँग आफू अविवाहित भनी छुक्याएर विवाह गरेका थिए। मृतकको शव दुई महिनापछि फेला परेको थियो।

विगत २५ वर्षसम्म वकीलहरुले रामोसलाई दिइएको मृत्युदण्डको फैसला उल्ट्याउन प्रयत्न गरे पनि सफल भएका थिएनन्।

मृत्युदण्ड सूचना केन्द्रका अनुसार सर्वोच्च अदालतको सन् २००८ को एक आदेशपछि टेक्सासमा मात्र पाँच जना मेक्सिकालीलाई मृत्युदण्ड दिइएको छ।

संयुक्तराज्य अमेरिकामा यस वर्षमात्र २० जनालाई मृत्युदण्ड दिइसकिएको छ, र त्यसमध्ये टेक्सास राज्यमा १० जनाले यस्तो सजाय पाएका छन्।

२०७५ कार्तिक २९ गते ६:५२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर