भौतिक पूर्वाधार मन्त्रालयमा सचिव नहुँदा कामहरु अलपत्र

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ३० गते ७:५३

सुर्खेत । कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमा सचिव नहुँदा कामहरु अलपत्र परेका छन्।

सचिव प्रकाश रघुवंशी कात्तिक १ गते अनिवार्य अवकाश भएयता भौतिक मन्त्रालय सचिव विहीन भएको हो। गत असोज ६ गते प्रदेश भौतिक मन्त्रालयमा कामकाजमा खटाइएका सचिव रामहरि पोखरेल दुई महीनासम्म हाजिर भएनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट असोज ६ गतेबाट खटाइएका सचिव पोखरेल हाजिर नै नभइ फर्केको भौतिक पूर्वाधार विकासमन्त्री खड्क खत्रीले जानकारी दिए।

विकासको मेरुदण्ड मानिने भौतिक मन्त्रालयमा सचिव, निमित्तसमेत नहुँदा अहिले सबै विकासका काम रोकिएको मन्त्री खड्काले बताए।

कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र त्यस मातहतका निकायमा कूल जम्मा ३६५ कर्मचारीको स्वीकृत दरबन्दी छ। यद्यपि मन्त्रालयमा स्वीकृत दरबन्दीको ५५ प्रतिशत कर्मचारी अभाव अहिले पनि देखिन्छ। भौतिक मन्त्रालयको सचिव र निर्देशनालयको निर्देशक दुवै नहुनुले काममा ठूलो बाधा पुगेको शाखा अधिकृत लोकप्रसाद पौडेलले बताए।

मन्त्रालय र मातहतको कार्यालयमा १६२ कर्मचारीको पदस्थापन भएको छ। प्राविधकतर्फ राप द्वितीय श्रेणीको २४ दरबन्दीमा नौ, अधिकृतस्तरको ७१ दरबन्दीमा ३९ कार्यरत छन्। अप्राविधिक प्रशासनतर्फ राप द्वितीय श्रेणीको दुई दरबन्दीमा मन्त्रालयले कुनै पनि नपठाएको र अधिकृतस्तरको आठ जनामा पाँच कर्मचारी कार्यरत रहेको उनले जनाए।

२०७५ कार्तिक ३० गते ७:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर