निर्मला पन्त हत्या प्रकरण : शंकास्पद थप चार जनाको डिएनए पनि मिलेन

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ३० गते १२:४३

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले पठाएको थप चार जनाको डिएनए रिपोर्ट ‘नेगेटिभ’ आएको छ।

घटनामा संलग्न हुनसक्ने आशमा प्रहरीले चारको डिएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो। प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले बिहीबार आइपुगेको डिएनए रिपोर्ट आज हेरिएको र रिपोर्ट नमिलेको बताए।

यसअघि प्रहरीले अभियुक्त भन्दै सार्वजनिक गरिएका भीमदत्तनगरपालिका–१९ बागफाँटाका दिलीपसिंह विष्टको डिएनए नमिले पछि साधारण तारेखमा छुटेका थिए।

सोही घटनामा संलग्नताको आशङ्का तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टसहित चार जनाको पनि डिएनए परीक्षण गरिएको थियो। अनुसन्धानका क्रममा हालसम्म परीक्षण गरिएका डिएनए नमिले पनि प्रहरीले सुक्ष्मरुपमा घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

२०७५ कार्तिक ३० गते १२:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर