प्रधानमन्त्री कृषि परियोजना सञ्चालनका लागि सम्झौता

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ३० गते १४:०९

कञ्चनपुर । भीमदत्त नगरपालिका र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यान्वयन एकाइ धानक्षेत्रबीच नगरपालिका क्षेत्रमा साझेदारी कार्यक्रम सञ्चालनका लागि आज सम्झौता गरिएको छ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह ठगुन्ना र परियोजना कार्यान्वयन एकाइका वरिष्ठ कृषि विकास अधिकृत टीकाराम थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

चालू आर्थिक वर्षका लागि नगरपालिकाका वडा नं १, २, ३, १८ र १९ मा सञ्चालन गरिने कार्यक्रमअन्तर्गत साना सिँचाइ, कृषि यान्त्रीकरण, माटो परीक्षण, उन्नत जातको धान र मुङको बीउ वितरण तथा किसानको क्षमता अभिवृद्धि तालीम सञ्चालन गर्ने कार्यक्रम समावेश गरिएका छन्।

कृषि उद्यमी, कृषक समूह र कृषि सहकारीले परियोजनामा पेश गरेका प्रस्तावबाट छनोट गरी कार्यक्रम सञ्चालन गरिने नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले बताए। सो परियोजना भीमदत्त र कृष्णपुर नगरपालिकाका कृषि उत्पादन क्षेत्रमा सञ्चालन गरिएको छ।

२०७५ कार्तिक ३० गते १४:०९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर