ब्रिटिश काउन्सिलले लिने संस्कृत भाषाको ‘ए लेभल’ परीक्षामा ५७ नेपाली उत्तीर्ण

आजको खबर   |    प्रकाशित : २०७५ कार्तिक ३० गते १५:३८

काठमाडौँ । संस्कृत भाषाको विश्वव्यापी ‘ए लेभल’ विशेष परीक्षाको कार्यक्रममा नेपालका ५७ विद्यार्थी उत्तीर्ण भएका छन्।

चार वर्षअघिदेखि ब्रिटिश काउन्सिलले सो परीक्षा लिने गरेको छ। जयतु संस्कृतम्, राष्ट्रिय गुरुकुल शिक्षा परिषद् नेपाल, हिन्दू विद्यापीठ नेपाल बालकुमारी र सनातन वैदिक ज्ञान विज्ञान केन्द्रको संयुक्त आयोजनामा क्याम्ब्रिज विश्वविद्यालय/सेन्ट जेम्स बेलायतद्वारा नेपालमा संस्कृतको विशेष परीक्षासम्बन्धी अन्तरक्रियामा सहप्रा डा श्रीराम अधिकारीले हिन्दू विद्यापीठ र थलीका १५-१५, डिएभी सुशील केडियाका २० र कान्तिभैरव गुरुकुल गोकर्णेश्वरका सात विद्यार्थीले संस्कृतको विशेष परीक्षा उत्तीर्ण गरेको जानकारी दिए।

यस वर्ष देवघाटका तीन , पोखराका दुई र बनेपाका एक गुरुकुलका विद्यार्थी सहभागी हुनेछन्। सो परीक्षामा गुरुकुलका विद्यार्थीले राम्रो स्थान हासिल गरेपछि विश्वविद्यालयका अध्यापक गुरुकुलमा यो कार्यक्रम लैजान लागिपरेका छन्।

परीक्षामा संस्कृत प्रश्नको उत्तर अङ्ग्रेजीमा, अङ्ग्रेजी प्रश्नको उत्तर संस्कृत भाषामा दिनुपर्छ। परीक्षामा सहभागी हुने तरीका र विश्वमा बढ्दै गएको संस्कृत भाषाप्रतिको आकर्षणका बारेमा विश्वव्यापी संस्कृत अभियानकर्मीद्वय नर्मन डा र हेलेनले दिगो खुशी एवं शान्ति प्राप्तिका लागि संस्कृत भाषा सहयोगी भएको अनुभव सुनाए। दुवै अभियानकर्मी क्याम्ब्रिज विश्वविद्यालयमा संस्कृत प्राध्यापन गर्दछन्।

पूर्वसचिव कृष्ण ज्ञवालीले जातिभेद अन्त्य गरी सबै जातजाति एवं भाषाभाषीका समुदायलाई संस्कृत भाषा पढ्न पे्ररित गरिनुपर्ने उनको भनाइ थियो। कार्यक्रममा जयतु संस्कृतम् संस्थाका महासचिव डा नवराज कट्टेलले ‘नेपालमा संस्कृत शिक्षाका परम्परा’ विषयको प्रस्तुति दिएका थिए। नेपालमा संस्कृत र अङ्ग्रेजी दुवै भाषाको राम्रो पठनपाठन हुन सके विश्वकै शिक्षाको केन्द्र बनाउन सकिने उनको भनाइ थियो।

२०७५ कार्तिक ३० गते १५:३८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर