समाजसेवी भक्तराज जोशीले गरे दुर्गा माविमा १० लाखको अक्षयकोष स्थापना

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १ गते १:४१

चक्र कुँवर

डोटी । समाजसेवी भक्तराज जोशीले आफ्ना स्व. पिता खडकराज जोशीको सम्झनामा स्मृती अक्षयकोष स्थापना गरेका छन्।

जोशीले आफ्ना स्व. पिता खडकराज जोशीको नाममा १० लाखको स्मृति अक्षयकोष स्थापना गरेका हुन्। उनले दुर्गा माबि स्कुल स्थापना गर्न महत्वपूर्ण योगदान गरेको भन्दै आफ्ना पिताले गरेको योगदानमा कम हुन नदिन र अनाथ असाय गरिबका छोराछोरी पढ्न केहि सहयोग पुयोस् भन्दै आफुले अक्षय कोषको स्थापना गरेको बताए।

पूर्बिचौकी गाउँपालिका ३ गैरागाउलगायत पूर्वीचौकी गाउँपालिकाको लागि जस्तो सुकै सहयोग गर्न पछाडि नहट्ने प्रतिबद्धता पनि जनाउउँदै उनले, ‘आफ्नो कमाईको केही अंश भएपनि समाज सुधारका लागि गरेको सहयोग नै मेरो सम्पति हो।’

गैरागाउँमा रहेको दुर्गा माबिमा भएको कार्यक्रमका सभापति भक्तबहादुर धामी रहेका थिए भने प्रमुख अतिथि पूर्बिचौकी गाउपालिकाका अध्यक्ष दिर्घ बोगटी रहेका थिए।

२०७५ मंसिर १ गते १:४१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर