एनटिभी प्लसले लोकसंस्कृतिलाई संवद्र्धन गर्न लोकदोहोरी सञ्चालन गर्ने

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १ गते २:४६

काठमाडौँ । नेपाल टेलिभिजनको दोस्रो च्यानल एनटीभी प्लसले यसै महिनादेखि प्रत्येक हप्ताको सोमबार लोकदोहोरी कार्यक्रम सञ्चालन गर्ने भएको छ।

नेपाली जनमानसमा लोकप्रिय बन्दै गएको लोकभाका र लोकसंस्कृतिलाई संरक्षण एवं संवद्र्धन गर्ने उद्देश्यले एनटिभी प्लसले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले बताए।

प्रत्येक हप्ताको सोमबार साँझ ७ः३० बजे प्रसारण हुने उक्त कार्यक्रम वरिष्ठ गायक बद्री पङ्गेनलीले सञ्चालन गर्ने छन्। सो कार्यक्रममा मुलुकभर छरिएर रहेका लोकदोहोरी गायक गायिकाको सहभागिता रहनेछ।

उक्त कार्यक्रमको छायाङ्कनस्थलका लागि एनटिभी प्लस र सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)बीच शुक्रबार सम्झौतासमेत भएको छ। कार्यक्रममा एनटिभी प्लसका प्रमुख मनोहरि थापाले करीब २५ वर्षअघि नेपाल टेलिभिजनले लोकदोहोरी कार्यक्रम शुरु गरेको बताए।

२०७५ मंसिर १ गते २:४६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर