डडेलधुरामा जीप दुर्घटना अपडेट : २ जनाको मृत्यु, १५ जना घाइते

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १ गते ७:४३

प्रतिनिधिमुलक तस्बिर

डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिका ४ कुरङायलमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। त्यस्तै १५ जना घाइते छन्।

शनिबार बिहान भागेश्वरबाट डडेल्धुरा सदरमुकाम आउँदै गरेको म १ ज १८० नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा भागेश्वर गाउँपालिका २ का २७ वर्षीय धर्मसिंह मडौ र सोही गाउँपालिका ३ का गाडी धनी ४५ दीपेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।

घाइते १५ जनालाई उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ। जीप सडकभन्दा सय मिटर तल खसेको जनाइएको छ। घाइतेहरु सबैको परिचय खुल्न बाँकी छ।

२०७५ मंसिर १ गते ७:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर