क्यालिफोर्नियामा आगलागी, एक हजार भन्दाबढी बेपत्ता

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १ गते १२:४४

प्याराडाइज, अमेरिका । अमेरिकाको क्यालिफोर्नियामा भएको आगलागीका कारण अहिलेसम्म एक हजार भन्दाबढी जनता बेपत्ता भएका छन्। जङ्गलमा लागेको भीषण डढेलोका कारण यसअघि गत बिहीबारसम्ममा छ सयभन्दा बढी बेपत्ता भएको बताइएपछि शुक्रबार एक हजार पुगेको जनाइएको छ।

उद्धारकर्ताले पछिल्लो समयमा थप आठ जनालाई मात्रै उद्धार गर्न सफल भएको जानकारी दिएका छन्। “विवरण तलमाथि हुनसक्छ, खोजी तथा उद्धार भइरहेको छ,” एक सरकारी उच्च अधिकारीले पत्रकारसँग भने।

खोजी अझै जारी रहेकाले मृतकको सख्या बढ्नसक्ने अनुमान गरिएको अधिकारीले बताएका छन्। अहिलेसम्म यस आगलागीका कारण कम्तीमा ६३ जनाको मृत्यु भइसकेको छ।

यही नोभेम्बर ८ मा उत्तरी क्यालिफोर्नियाको जङ्गलमा अकस्मात आगो सल्किएको र प्रतिकूल मौसमका कारण द्रुतगतिमा फैलिएको थियो।डढेलोबाट जङ्गल आसपासमा ठूलो मात्रामा भौतिक सम्पत्तिको क्षति भएको र त्यसको पुनःनिर्माणका लागि केही वर्ष लाग्ने बताइएको छ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त डढेलो लागेको पश्चिमी क्षेत्रको भ्रमण गरी आगलागी पीडितलाई भेट गर्ने जनाइएको छ। उनले उक्त क्षेत्रको भ्रमण गरी आगलागीमा परी ज्यान गुमाएकाका परिवारलाई भेट गर्नुहुने पनि समाचारमा जनाइएको छ।

२०७५ मंसिर १ गते १२:४४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर