सङ्गठनभित्र नातावादको प्रचलन हटाउने नेपाली सेनाको घोषणा

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १ गते १३:०५

काठमाडौँ । नेपाली सेनाले सङ्गठनभित्र नातावाद, भनसुन र उपहार लिने दिनेजस्ता विकृतजन्य प्रचलन र अभ्यास हटाउने प्रण गरेको छ। नेपाली सेनालाई आम नागरिकबीचमा आस्था र भरोसाको खम्बाको रुपमा विकास गर्न सैनिक मुख्यालयले यो कार्यक्रम मातहतका सबै संरचनामा कडाइका साथ तुरुन्त लागू गर्ने उद्घोष गरेको हो।

सेनाले सैनिक आचरणमा सुधार ल्याउन संस्थाको अपेक्षा र मेरो जिम्मेवारी विषयमा जङ्गी अड्डामा नेतृत्व संवाद सञ्चालन गरी उक्त कार्यक्रम अभियानका रुपमा अघि बढाउने अठोट गरेको छ।

आगामी चैतसम्म चरणबद्धरुपमा मातहतका निकायको तहसम्म उपहार लिने दिने तथा आर्थिक अनियमितता र भनसुनविरुद्ध सङ्गठनले सचेतना कार्यक्रम गर्न लागेको नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए।

सेनालाई व्यवसायिक फौजका रुपमा स्थापित गर्ने लक्ष्यका साथ अघि बढाइएको यो कार्यक्रमले सकल दर्जाबीचमा थप विश्वासको वातावरण सिर्जना गर्ने र सङ्गठनको छवी सुधार्न योगदान पुग्ने सेनाले विश्वास लिएको छ।

कार्यक्रम शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले सङ्गठनभित्रका प्रत्येक तहका नेतृत्वले प्रस्तुत गर्ने विधि, व्यवहार र भूमिकाले राष्ट्रिय सुरक्षाको बलियो खम्बा र एकताका प्रतीकको रुपमा रही आएको नेपाली सेनाका सकल दर्जालाई यस्ता कार्यक्रमले व्यवसायिक बनाउन सहयोग पु¥याउने विश्वास व्यक्त गरेका थिए।

नेपाली सेनालाई प्रणालीमा आधारित व्यवसायिक र सृदृढ सङ्गठनको रुपमा विकास गर्दै लैजान निस्वार्थ रुपमा नीति नियमको परिपालनामा जोड दिन पनि उनले निर्देशन दिएका थिए।

२०७५ मंसिर १ गते १३:०५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर