हेलमेटबारे ट्राफिकले प्रश्न गर्दा युवकको जवाफले उड्यो प्रहरीको होस

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर १ गते १५:११

एजेन्सी । भारतको कर्नाटकको चिकबल्लापुरमा ट्राफिक प्रहरीले जब विन हेलमेट लगाएर बाइक चलाइरहेको एक युवकलाई यसबारे प्रश्न गरे, उत्तरमा युवकले दिए जवाफ प्रहरी पनि हैरान भयो । रगत लतपतिएको चक्कु देखाउँदै उसले भने, ‘म भर्खरै साथीलाई मारेर आएको हुँ । प्रहरी चौकी जाँदैछु ।’

यसपछि ट्राफिक प्रहरीले उसलाई त्यहिँ रोकेर प्रहरी अधिकारीलाई खबर गरे। उसले जुन युवकलाई चक्कु प्रहार गरेको थियो, ती युवक जिवितै छन् र अस्पतालमा उपचार भइरहेको छ।

यो घटना १२ नोभेम्बरको हो। बंगलरुको चिकबल्लापुरको यो घटामा ट्राफिक प्रहरीले हेलमेट नलाएको भन्दै बाइक चलाउनेलाई रोकेका थिए। स्पोर्टस बाइक चलाइरहेको युवकसँग प्रहरीले लाईसेन्स मागेपछि उसले रगतले लतपतिएको चक्कु देखायो।

उसले भने, ‘मलाई माफ गर्नुहोस। मैले भर्खरै मेरो साथीलाई चक्कु प्रहार गरेको हुँ र आत्मसमर्पण गर्न प्रहरी चौकी जाँदै थिएँ ।’ उसको कुरा सुनेर ट्राफिक प्रहरी शक्ड भयो। ट्राफिक प्रहरीले चक्कु र आरोपी युवकलाई तुरुन्त नियन्त्रणमा लिएर प्रहरी अधिकारीलाई जानकारी दियो । विना हेलमेट बाइक चलाएको भन्दै ट्राफिकले उसमाथि १०० रुपैयाँको फाइन पनि लगायो।

प्रहरी अधिकारी एसपी प्रभुशंकरका अनुसार आरोपी सन्दीप शेट्टी (२६)ले १ लाख रुपैयाँ लेनदेनको मामिलामा आफ्ना विजनेस पार्टनर देवराजमाथि चक्कु प्रहार गरेको थियो। सन्दीपले प्रहरीलाई दिएको बयानअनुसार देवराजले दुई वर्ष पहिला उसँग १ लाख रुपैयाँ लिएको थियो। तर, उसले सो सापटी भने फिर्ता गरेन। सो दिन पनि रुपैयाँ दिन अनाकानी गरेपछि उसले चक्कु प्रहार गरेको स्वीकार गरेको छ।

२०७५ मंसिर १ गते १५:११ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर