लामो समयदेखिको नेविसङ्घमा विवाद आज टुङ्गो लाग्ने पार्टी प्रवक्ताको दाबी

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २ गते १:२२

काठमाडौँ । नेपाली काङ्ग्रेस निकट भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको विगत लामो समयदेखिको विवाद आइतबार टुङ्गो लाग्ने नेपाली काँग्रेसको पवक्ता विश्वप्रकाश शर्माले बताएका छन्।

नेविसङ्घको केन्द्रीय कार्यसमितिको समयावधि आइतबार बेलुका सकिँदै गर्दा सानेपास्थित पार्टी कार्यालयमा शनिबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले विकल्पका रुपमा अर्को समिति निर्माण गर्ने वा अहिलेकै समितिलाई नै महाधिवेशनसम्म जाने गरी समय बढाएर जाने भन्नेबारे आइतबार टुङ्गो लगाउने निर्णय गरेको हो।

“आइतबार २ बजे बस्ने बैठक अगाडि नेविसङ्घको महाधिवेशन सम्बन्धमा पार्टीका सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वमा गठित पार्टीले बनाएको निर्देशक समितिले विधानमा गरिनुपर्ने परिमार्जनलगायत अन्य विषयमा केही धारणा लिएर आउनेछ”, बैठकपछि पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भने।

२०७५ मंसिर २ गते १:२२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर