जुम्लामा गाडी आगजनी, गाउँपालिकामा तोडफोड

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर २ गते १३:४३

जुम्ला । जुम्लाको चन्दनाथ नगरपालिकामा गाडी आगजनी गरिएको छ। अज्ञात समूहले जुम्लाका २ स्थानीय तहमा एकैसाथ आक्रमण गरिएको छ।

शनिवार राती १ बजे कर्णालीकै पहिलो चन्दनाथ नगरपालिकाको स्करपी गाडीमा आगजनी भएको हो। साथै गुठिचौर गाउँपालिका कार्यालयमा पनि एकैपटक तोडफोड गरिएको छ। एकैसाथ भएको आगजनी तथा तोडफोडले दुई स्थानीय तहकै बासिन्दा त्रसित भएका छन्। चन्दननाथ नगरपालिकाको गाडी स्टेण्डमा राखिएको क १ झ १ नम्बरको गाडी जलाइएको छ।

राती करिब १ः१० बजे नगरपालिकाका पाले बिष्णु प्रसाद न्यौपाने आफू र सानो छोरा सुतेको अवस्थामा पुर्वतिर रहेको ढोकामा अज्ञात व्यक्तिले ढक–ढक हानेपछि ढोका खोलेर हेर्दा गाडी जलिरहेको देखेको बताए।

झण्डै ४० लाख भन्दा बढी परेको उपमेयर अप्सरादेवि महतले चड्दै आएको क १ झ १ नम्बर गाडी अज्ञात समुहले निशाना बनाएर जलाएको नगरपालिका निमित्त प्रशासकीय अधिकृत ज्ञानेन्द्र बुढ्थापाले जनाए।

त्यस्तै जुम्लाकै गुठीचौर गाउँपालिकाको कार्यालयमा पनि शनिबार रातीनै तोडफोड गरिएको छ।जुम्लाको डिजिटल गाउँपालिकाका रुपमा रहेको पालिकामा राखिएका सबै विद्युतीय सामाग्री तथा महत्वपुर्ण कागजजातहरु जलाइएको छ।

घटनाको प्रकृति हेर्दा ठूलै गिरोह रहेको प्रहरी नायव उपरीक्षक सीताराम रिजालले बताए। सिसिक्यामरा नै शुरुमा तोडफोड गरेको हुँदा प्रमाण केही नरहेको उनको भनाई छ।

२०७५ मंसिर २ गते १३:४३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर