हामीले चीनबाट आर्थिक विकासका लागि ठूलो भरोसा गरेका छौं : अर्थमन्त्री खतिवडा

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ३ गते १:१२

काठमाडौं । अर्थमन्त्री डा। युवराज खतिवडाले चीनबाट नेपालले आर्थिक विकासका लागि ठूलो भरोसा गरेको बताएका छन्।

अर्थमन्त्री खतिवडाले नजिकको छिमेकी हुनुको नाताले पनि चीनले नेपालको समृद्धिका लागि आवश्यक लगानी र पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे। आईतबार नेपाल–चीन मैत्री संघले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले चीनको ‘वान रोड वान बेल्ट’ अवधारणाले दक्षिण एशीयाली राष्ट्रकै आर्थिक विकास र व्यापारमा ठूलो सफलता हात पार्ने पनि स्पष्ट पारे।

कार्यक्रममा बोल्दै नेपालका लागि चीनका राजदुत यू होङले चीनले विश्वमै लगानी र व्यापारका लागि आवश्यक वातावरण बनाउन ‘वान बेल्ट वान रोड’ को अवधारणा अघि सारेको स्पष्ट पारे। उनले नेपालले सो अवधारणाको साथ दिएको भन्दै आभार पनि व्यक्त गरे।

राजदुत होङले व्यापारमा सबै राष्ट्रको सहभागितामा वृद्धि गर्न पनि ‘वान बेल्ट वान रोड’ को अवधारणा उपयोगी हुने पनि स्मरण गराएका थिए।

२०७५ मंसिर ३ गते १:१२ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर