जब साउदी राजा सलमानले गरे अदालतको प्रशंसा

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ३ गते १५:१०

रियाद । साउदी अरबका राजा मोहम्मद बिन सलमानले राजधानी रियादमा सोमबार अदालतको प्रशंसा गरेका छन्। आफ्नो देशका पत्रकार जमाल खशोज्जीको हत्यामा साउदी युवराजको संलग्नता रहेको आरोप लगिरहेका बेला उनले अदालतको प्रशंसा गरे।

अन्तर्राष्ट्रिय रुपमै खराब घटनाका रुपमा फैलिएको घटनाका बारेमा अदालतबाट सफाई दिइएका युवराजलाई आरोप लागेपछि उनले सोमबार पहिलो पटक सार्वजनिक वक्तव्य दिनु भएको समाचारमा जनाइएको छ।

सरकारी अभियोजनकर्ताले गत हप्ता शक्तिशाली युवराज सलमानको त्यस घटनामा कुनै संलग्नता नरहेको भन्दै स्पष्टिकरण दिएका थिए।पत्रकार खशोज्जीको गत अक्टोबर २ तारिखका दिन स्तानबुलमा रहस्यमय तरिकाले हत्या भएको थियो। हत्या कस्ले गरेको भन्ने बारेमा अहिलेसम्म पनि स्पष्ट हुन सकेको छैन।

कतिपयले साउदी राजपरिवारको उच्च तहकै निर्देशनमा खशोज्जीको हत्या भएको आरोप लगाइरहेका छन्। अभियोजनकर्ताहरुले खशोज्जीको हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई मृत्यु दण्डको माग गरेका छन् भने २१ जना संलग्न भएको दावी गरेका छन्।

देशको उच्च सल्लाहकार निकायको रुपमा रहेको शुरा काउन्सिलको कार्यक्रममा बोल्दै राजा सलमानले न्याय र समानताजस्ता मुस्लिम सिद्धान्तको पक्षमा अदालतले काम गरेकोप्रति आफुहरुलाई गौरब लागेको बताए। सम्बोधनका क्रममा ८२ बर्षिय राजा सलमानले वासिङ्टनपोष्टका नियमित स्तंभकार खशोग्जीको हत्याका बारेमा भने प्रत्यक्ष रुपमा केही बोलेनन्।

२०७५ मंसिर ३ गते १५:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर