३५ लाखको लागतमा जडान गरिएका २५ थान सिसिटिभी क्यामरा प्रयोगबिहीन

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ४ गते २:२०

नुवाकोट, बेत्रावती । नुवाकोटको विदुर नगरपालिकाका मुख्य बजारमा ३५ लाखको लागतमा जडान गरिएका २५ थान सिसिटिभी क्यामरा प्रयोगबिहीन भएका छन्।

नुवाकोट उद्योग वाणिज्य संघको पहलमा जडान गरिएका २५ थान सिसिटिभी क्यामरा प्रयोगबिहीन छन्। संघको पहलमा ३५ लाखको लागतमा ती क्यामरा जडान गरिएका हुन्। क्यामरा बिग्रिएपछि मर्मत गर्न सम्बन्धित पक्षले चाँसो देखाएको छैन।

एक वर्षदेखि बिग्रन थालेका क्यामरा क्रमशः सबै बिग्रिएका प्रहरी उपरीक्षक वसन्त कुँवरले बताए। एक वर्षअघि सङ्घले साविक जिल्ला विकास समिति, विदुर नगरपालिका, विभिन्न बैंक तथा वित्तीय संस्थासँगको साझेदारीमा क्यामरा जडान गरेको हो।

“८ लाख जडान गर्ने कम्पनीलाई भुक्तानी गर्न बाँकी छ,” नुवाकोट उद्योग वाणिज्य सङ्घका कोषाध्यक्ष गीता अमात्यले भने। सरोकारवाला संस्थाबाट आर्थिक सहयोग उपलब्ध नहुँदा बिग्रिएका क्यामरा मर्मत गर्न नसकिएको हो।

२०७५ मंसिर ४ गते २:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर