काठमाडौं उपत्यकाको बस बिसौनी स्थानमा शौचालयको माग

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ४ गते ३:५४

काठमाडौँ । काठमाडौं उपत्यकाको बस बिसौनी ४२ स्थानमा शौचालयको माग गरिएको छ।

नेपाल यातायात मजदुर सङ्घले काठमाडौँ उपत्यकाका बस बिसौनीमा शौचालय बनाउन माग गरेको हो।

यातायात मजदुर सङ्घको टोलीले सोमबार काठमाडौँ महानगरपालिकाका प्रशासन प्रमुख ज्ञानेन्द्र कार्कीलाई भेटेर उपत्यकाका सबै बस बिसौनीमा सफा र व्यवस्थित शौचालयको माग गरेको हो।

सङ्घका उपाध्यक्ष सुमन घलेको नेतृत्वमा गएको टोलीले शौचालय निर्माण, यातायात मजदुरलाई परिचयपत्रको आधारमा शौचालयमा शुल्क नलाग्ने व्यवस्था गर्नुपर्ने तथा महिला मजदुरका लागि छुट्टै शौचालयको व्यवस्था गर्नुपर्ने माग राखेको हो। प्रशासन प्रमुख कार्कीले महानगरले सडक विभागसँग १४२ स्थानमा शौचालय निर्माणका लागि ठाउँ माग गरिएको जानकारी दिए।

“४२ बस बिसौनीमा शौचालय निर्माणका लागि ठाउँ उपलब्ध भएको छ,” उनले भने। उपलब्ध गराएका स्थानमा एक हप्ताभित्र बोलपत्र आह्वान गरी शौचालय निर्माण थाल्ने उनले बताए। हाल काठमाडौँ उपत्यकामा १३ स्थानमा मात्र सार्वजनिक शौचालय छ।

२०७५ मंसिर ४ गते ३:५४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर