राष्ट्रपतिलाई समाजसेवी गुरुङ्गको ठाडो जबाफ, ‘१८ करोडको कार चढनु अघि यी गरिबलाई हेर्नुहोस्’

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ४ गते ५:५५

काठमाडौं । केही दिन यता राष्ट्रपति विद्यादेबी भण्डारी निकै चर्चाको शिखरमा पुगेकी छन्। राष्ट्रपति भण्डारी चर्चामा आउनु नौलो भने होइन। तर पनि यसपटक निकै आलोचित भएकी छन्।

चौतर्फी आलोचना मात्र छ। राष्ट्रपतिलाई ४ करोडको गाडीले नपुग्ने भएपछि उनले थप १४ करोड गाडी खरिदका लागि विनियोजित गरिएपछि थप आलोचनाकी सिकार भएकी हुन्। देशमा गरिबीले गर्दा जनता छट्पटाईरहेका बेला राष्ट्रपतिलाई सवार गर्न मै १८ करोड बजेट बिनियोजन गरेपछि सामाजिक सञ्जालमा सर्वसाधारणदेखि समाजसेवी, राजनीतिज्ञसम्मले बिरोध जनाएका हुन्।

यस्तै युकेमा रहेकी चर्चित समाजसेवी इशा गुरुङले गरिबहरु तुइनमा झुण्डिएर नदि तरिरहेको फोटो र अपाङ्ग गरिव वृद्धको भिडियो शेयर गर्दै, १८ करोडको गाडी चढ्नु अघि तिनै गरिबहरुलार्इ ध्यान दिन आग्रह गरेकी छन्।

उनले सामाजिक संजाल फेसबुकमा भनेकी छन्, ‘राष्ट्रपति ज्यु, हजुर १८ करोडको गाडी किन्नु हुँदैछ रे १८ करोडको गाडी चढ्नु अघि यी गरिब जनताहरुप्रति यसो ध्यान दिनुस न पिलिज’ । उनको यो स्टाटसले सनसनी मच्चाएको छ।

२०७५ मंसिर ४ गते ५:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर