एलपिएल क्रिकेटको उपाधी लिटिल फ्लावर स्कुल धनगढीलाई

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ५ गते ३:५५

कैलाली । तेस्रो निस्ट कलेज लिटिल फ्लावर टि २० प्रिमियर लिग (एलपिएल) मा आयोजक लिटिल फ्लावर स्कुल धनगढीले उपाधी हात पारेको छ।

प्रतियोगिता अन्तर्गत मंगलबार सम्पन्न फाईनल खेलमा लिटिल बुद्ध एकेडेमी कञ्चनपुरलाई ७ विकेट पराजित गर्दै लिटिल फ्लावर स्कुल धनगढीले उपाधी हात पारेको हो।

धनगढी स्थित संघीय प्रहरी ईकाईको खेल मैदानमा लिटिल बुद्धले जितको लागि दिएको १४६ रनको लक्ष्य लिटिल फ्लावर स्कुल धनगढीले १८.१ ओभरमा ३ विकेट गुमाएर १५१ रन बनाउदै जित निकालेको हो।

लिटिल फ्लावरलाई उपाधी दिलाउने क्रममा ब्याटिङतर्फ कप्तान विपिन रावलले ४१ बलमा ११ चौका र १ छ्क्का सर्वाधिक ७९ , दीपक रोकायाले अविजित २४, अनिल थापा र बिशाल भट्टले समान १४–१४ रनको महत्त्वपूर्ण योगदान दिएका थिए।

सुशील खड्काको कप्तानीमा रहेको लिटिल बुद्धको लागि ब्याटिङमा ओपनर हेमन्त कार्कीले अविजित ७३, नारायण जोशीले ३३ र सुशील खड्काले १९ रनको महत्त्वपूर्ण योगदान दिएका थिए।

बलिङतर्फ लिटिल फ्लावर स्कुल धनगढीका शेर मल्लले सर्वाधिक २ तथा सागर भण्डारीले १ विकेट लिएका थिए।

पहिलोपटक च्याम्पियन बनेको लिटिल फ्लावर स्कुल धनगढीले उपाधीसङ्गै १ लाख ११ हजार १ सय ११ सहित ट्रफी र प्रमाणपत्र तथा लगातार दोस्रो पटक उप–विजेतामा सिमित रहेको लिटिल बुद्ध एकेडेमी कञ्चनपुरले ५५ हजार ५ सय ५५ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छ्न्।

२०७५ मंसिर ५ गते ३:५५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर