काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढ्यो

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ५ गते १३:५१

काठमाडौँ। काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढेको छ। वायुमण्डलको प्रभावले काठमाडौँ उपत्यकामा गत वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उपत्यकामा मङ्गलबार आठ र आज बुधबार ८ डिग्री सेल्सियस तामक्रम रहेको छ।

लामो समयसम्म पानी नपरेकाले धुलोका कारण वायुमण्डल प्रदूषित भएपछि चिसो बढेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए। ‘सिजनल इफेक्ट९मौसमी प्रभाव०ले न्यूनतम तापक्रम तलमाथि भइरहेको हो। तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ”, उनले भने।
मौसमविद्का अनुसार अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने छ।

पहाडी क्षेत्रमा लामो समय पानी नपरेका कारण तुवाँलोले दृश्यता कमजोर भएको छ। अहिले पानी पर्ने कुनै सम्भावना नरहेको नगरकोटीले जानकारी दिए। महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडो याम शुरु हुन्छ।

केही दिनदेखि दिउँसोको तापक्रमसमेत २ देखि ३ डिग्री सेल्सियसका दरले घटिरहेको छ। यस्तो अवस्थामा सुधार नआए केही दिनमै ह्वात्तै जाडो बढ्न सक्ने बताइएको छ। तापक्रम क्रमशः घट्दो क्रममा छ।

२०७५ मंसिर ५ गते १३:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर