पशुपतिनगर नाकाबाट निर्यात हुँदै नेपाली तरकारी

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ६ गते १:२४

पशुपतिनगर। पूर्वी पहाडी क्षेत्रको पशुपतिनगर नाकाबाट नेपाली कृषिउपज निर्यात हुन थालेको छ। पहाडी क्षेत्रमा उत्पादन हुने तरकारीको खरीद बिक्री हुँदै आएको झापाको चारआली बजारभन्दा राम्रो मूल्यमा भारतीय व्यापारीले तरकारी खरीद गर्दै आएका हुन्। इलामको सूर्योदय नगरपालिका–९ स्थित बरबोटेमा स्थानीयले तरकारी सङ्कलन केन्द्र खोलेर उक्त नाकामार्फत निर्यात गर्दै आएका छन्।

पहाडी जिल्ला तेह्रथुम, धनकुटा, सङ्खुवासभा, इलाम र पाँचथरमा उत्पादन हुने गरेको इस्कुस, मुला, कोपीलगायत हरियो साग भारतमा बिक्री गर्दै आएको व्यवसायी प्रकाश श्रेष्ठले बताए। दश वटा भारतीय गाडीमा दैनिकरुपमा नेपाली हरियो साग निर्यात हुँदै आएको छ। भारतमा तरकारी निर्यात गर्न इलामका ग्रामीण क्षेत्रमा २० जना सङ्कलनमा खटिने गरेका छन्।

भारतीय भन्सारको समन्वयमा निर्यात हुँदै आएको तरकारी भारतको सिलीगुडी, धुपगढी, मैनागढी, दार्जिलिङ लगायत बजारसम्म पुग्ने गरेको छ। सो नाकाबाट नेपाली कृषिजन्य सामग्री निर्यातमा रोक लगाएको भारतीय भन्सार कार्यालयले १२ वर्षपछि पुनः नेपाली कृषिजन्य सामग्री निर्यात भएपछि नेपाली किसानले राम्रो मूल्य पाएको उद्योगी बताउँछन्। दैनिक १० गाडी कृषिजन्य सामग्री निर्यात हुँदै आएको सूर्योदय उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोद राईले बताए।

२०७५ मंसिर ६ गते १:२४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर