साराको डेब्यु फिल्म ‘केदारनाथ’को नयाँ गीत सार्वजनिक (भिडियो सहित)
आजको खबर | प्रकाशित : २०७५ मंसिर ६ गते ४:१२

एजेन्सी । अभिनेता सुसान्तसिंह राजपुत अभिनित फिल्म केदारनाथको नयाँ गीत सार्वजनिक भएको छ। अमित त्रिदेविको संगीत तथा अमिताभ भट्टाचार्यको शब्दमा ‘क्वाफिराना’ गीतको भिडियो सार्वजनिक भएको हो।
गीतलाई आर्जित सिंह र निखिता गान्धीले स्वरबद्ध गरेका छन्। नायक सेफ अलि खानकी छोरी र नायिका करिना कपुर खानकी सौतेनी छोरी सारा अलि खानकी डेब्यु फिल्म रहेको ‘केदारनाथ’ फिल्ममा मुख्य भूमिकामा देखिँदै गरेका अभिनेता सुसान्तसिंहले एक पिठ्ठु (केदारनाथ यात्राको दौरानमा शारीरिक रुपमा अशक्त र कमजोर यात्रीलाई बोक्ने मान्छे) को भुमिकामा देखिदै छन्।
अहिलेसम्म यो फिल्मको दुई वटा गीत रिलिज भइसकेको छ । फिल्मको सार्वजनिक पहिलो गीतमा सुसान्तले एक पिठ्ठुको काम गरिरहेका दृश्यलाई देखाइएको थियो, भने दोस्रो गीत ‘क्वाफिराना’मा अभिनेत्री सारा र सुसान्तको केही लभ सिनलाई देखाइएको छ।
(हेर्नुस् भिडियो)