लाइनबद्ध रुपमा बाटोमा दिसा गर्दै गरेका ६ जना रंगेहात पक्राउ
आजको खबर | प्रकाशित : २०७५ मंसिर ६ गते ६:५०
महोत्तरी, गौशाला । महोत्तरीमा लाइनबद्ध रुपमा बाटोमा दिसा गर्दै गरेका ६ जना रंगेहात पक्राउ परेका छन्।
बिहीबार बिहान ४ बजे खटिएको प्रहरी टोलीले जिल्लालाई खुल्ला दिसामुक्त बनाउने अभियानलाई चुनौती दिँदै बाटोमा दिसा गरेको भन्दै ६ जना पूरुषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
पक्राउ परेका ती व्यक्तिबाट जनही ५०० का दरले जरिवाना लिएर छाडिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्का जानकारी दिए।
२०७५ मंसिर ६ गते ६:५० मा प्रकाशित