नुन सर्वसुलभ बिक्री भइरहेकोछ : साल्ट ट्रेडिङ

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ६ गते १०:५८

धनगढी,। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बाजुरा जिल्लामा तोकिएको मूल्यभन्दा बढी मूल्यमा नुन बिक्री वितरण नभएको जनाएको छ ।

कर्पोरेशनको धनगढीस्थित सेती अञ्चल कार्यालयका सहायक महाप्रबन्धक केशवप्रसाद पाण्डेले आफूले बाजुरा जिल्लाको नुन बिक्रीको विषयमा स्थलगत अनुगमन गर्दा तोकिएको मूल्यभन्दा बढी रकममा कहीँ कतै नुन बिक्री वितरण नभएको पाइएको बताए ।

जिल्ला प्रशासन कार्यालय बाजुराले पनि गरेको स्थलगत अनुगमनका क्रममा जिल्लाको कवाडी, मार्तडी, कोल्टीमा रहेका डिपोबाट ‘भानु’ नुन प्रतिकिलो रु नौ का दरले बिक्री वितरण भइरहेको जानकारी कर्पोरेशनलाई दिएको छ । यस वर्ष बाजुराका थप तीन ठाउँमा स्थापना गरिएका नुनको बिक्री केन्द्रमध्ये छेडेदहको डोगडीमा यसै हप्ताबाट नुन बिक्री शुरु गरिएको र गौमूल गाउँपालिकाको कृतिचौर र पाण्डवगुफामा बिक्रीको व्यवस्था मिलाउन नुन ढुवानीको कार्य भइरहेको जनाइएको छ ।

सरकारी अनुदानको यो आयोडिनयुक्त ‘भानु’ नुन कर्पोरेशनले सुदूरपश्चिम प्रदेशका बाजुरा, बझाङ, अछाम र दार्चुला जिल्लाको दुर्गम क्षेत्रका बासिन्दालाई बिक्री गर्दै आएको छ । यी चार जिल्लाका लागि गत वर्ष कर्पोरेशनले ३१ हजार क्विन्टल ‘भानु’ नून ढुवानी गरेको थियो ।

२०७५ मंसिर ६ गते १०:५८ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर