डडेल्धुरा बस दुर्घटना : मृतकको संख्या १६ पुग्यो, २७ जना घाइते

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ६ गते १५:१०

काठमाडौ । बिहीबार साँझ डडेल्धुराको अमरगढि नगरपालिका ११ रढवा खोलामा भएको बस दुर्घटनामा कम्तिमा १६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र १४ पुरुष रहेका छन्।

घटनामा २७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक खगेन्द्र साउँदले जानकारी दिए। उनका अनुसार दुर्घटना बेलुकी साढे ५ बजेतिर भएपछि प्रहरीलाई ६ बजेतिरमात्र जानकारी भएको थियो।

प्रहरीका अनुसार डडेल्धुराको सदरमुकाम अमरगढिबाट डोटीको दिपायलका लागि छुटेको से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको हो। प्रहरीले यो बस स्कुल बस रहेको अपुष्ट जानकारी दिएको छ।

प्रहरीका अनुसार सो घटनामा घाइते भएका २७ जनालाई उपक्षेत्रीय अस्पताल डडेल्धुरामा पुर्याइएको छ। हाल जिप्रका का डिएसपी डम्बर केसीसहितको प्रहरी उद्धारका लागि परिचालन भएको छ।

प्रहरी टोली अहिले पनि घटनास्थलमै रहेको छ। घटनामा मृतकको संख्या अँझै बढ्न सक्ने अनुमान गरिएको छ।

घटना कसरी भयो भन्ने बारे कुनै जानकारी आएको छैन । हाललाई प्रहरी उद्धारमा मात्र केन्द्रित रहेको जिप्रकाले जनाएको छ । मृतकको पहिचानसमेत हुन सकेको छैन । हामी यो विषयमा निरन्तर अपडेट दिँदै जानेछौं ।

२०७५ मंसिर ६ गते १५:१० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर