नुवाकोटमा एक दर्जन प्रहरी एकाइ पुनःनिर्माण हुँदै

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ८ गते २:५१

बेत्रावती । सशस्त्र दश वर्षे युद्ध र विनाशकारी भूकम्पले क्षति पुगेका नुवाकोटका ११ प्रहरी एकाइको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ। भूकम्पपछिको पुनःनिर्माण कार्यक्रमअन्तर्गत ती एकाइमध्ये ३ वटाको निर्माण सम्पन्न भइसकेको छ।

ती भवन उद्घाटनको पखाईमा रहेको र बाँकी ८ वटा भवन पनि सम्पन्न हुने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए। “सशस्त्र दशवर्षे युद्धमा ध्वस्त बनेका र विनाशकारी भूकम्पले क्षति पुगेका ती एकाइ राष्ट्रिय पुनःनिर्माण कोषमार्फत निर्माण गरिएको हो।” प्रहरी उपरीक्षक कुँवरले भने, “अझै आधा दर्जन प्रहरी एकाइ पुनःनिर्माणका लागि जग्गाको व्यवस्थापनमा लागिपरेका छौँ।”

हाल पुनःनिर्माण भएकामध्ये छ वटा एकाइ निर्माणका लागि कम्तीमा चार रोपनी जग्गा स्थानीय दाताले निःशुल्क उपलब्ध गराएका हुन्। निर्माण थालिएकामध्ये जिल्ला ट्राफिक प्रहरी कार्यालय विदुर, अस्थायी प्रहरी पोष्ट विदुर र जिल्ला प्रहरी कार्यायल परिसरमा अवस्थित अधिकृत प्रहरी ब्यारेक निर्माण भइसकेको छ।

समुन्द्रटार, कुमरी, ककनी, तारुका, फिकुरी, पाटीभञ्ज्याङ र इलाका प्रहरी कार्यालय ढिकुरे र सिक्रेका प्रहरी चौकी निर्माणको अन्तिम चरणमा पुगेका छन्। ती भवनको निर्माण ठेकेदारमार्फत बनाइएको र एउटा भवनका निर्माणमा १ करोडभन्दा खर्च भएको बताइएको छ।

नयाँ बनाइएका भवनमा आवासीय व्यवस्था, हिरासत कक्ष, सुरक्षा पोष्ट, भन्साघरलगायते व्यवस्था भएकाले हाल टहरा र भाडाको घरबाट सेवा पु¥याउँदै आएको प्रहरीलाई उच्च मनोबलको साथ शान्ति सुरक्षा कायम राख्न प्रेरणा मिल्ने उक्त कार्यालयका प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए।

अस्थायी बासस्थान र भाडाको भवनमा बस्दै आएका झिल्टुङ, किम्ताङ, मैलुङ, गुज्रे, सिसडोल, शेराबगर, दाङसिङ, पञ्चकन्या, बाघखोरका प्रहरी एकाइ तथा नगर प्रहरी चौकी कोलनीको निर्माण गर्न बजेट र जग्गाको अभावले रोकिएको छ।

२०७५ मंसिर ८ गते २:५१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर