नेपालको खोला भारतले बेचेपछि विप्लवको आक्रोस (विज्ञप्ती सहित)

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ८ गते ५:५३

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले ‘वाम’ भनेर जनतामा भ्रम छरिराखेको यो सरकार सामाजिक फासिवादी बन्न पुगेको आरोप लगाएका छन् ।

पार्टी पुर्नस्थापना दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै विप्लवले जनता यो सत्ता र सरकारबाट आजित र हैरान हुन पुगिराखेको उल्लेख गरेका छन।

नेता विप्लवले हालै ‘भारतले नेपालको एउटा खोला चिनियाँ कम्पनीलाई बेचेकोू विषय समाचार माध्यममा आएको बिषयलाई ईंगित गर्दै विज्ञप्तिमा भनेका छन्, कहाँसम्म भने हाम्रो देशका नदी एउटा देशले अर्कैलाई बेचिदिन्छ।’

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज पार्टी पुनर्गठन दिवसको अवसरमा काठमाडौँको प्रदर्शनीमार्गमा विशाल जनप्रदर्शनसहित भव्य जनसभा आयोजना गर्दैछ।

२०७५ मंसिर ८ गते ५:५३ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर