सप्तरीमा ४४ जना महिला तथा बालिका बलात्कृत

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ८ गते ७:१५

सप्तरी। सप्तरीमा ११ महिनाको अवधिमा बलात्कारबाट ३३ बालिका र ११ महिला गरी ४४ जना पीडित भएको घटना सार्वजनिक भएको छ।

नेपाल मानवअधिकार वर्ष पुस्तक २०१९ का लागि सप्तरीमा सङ्कलित मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाको प्रकाशन पूर्व राजविराजमा शुक्रबार आयोजित वार्षिक समीक्षा गोष्ठीमा इन्सेक सप्तरीले यस्तो प्रतिवेदन सार्वजनिक गरेको हो। जसमा बालिका बलात्कारका ३३ र महिला बलात्कारका ११ तथा बालिका बलात्कार प्रयासका १३ र महिला बलात्कार प्रयासका ४ घटना सार्वजनिक भएको छ।

इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले सार्वजनिक गरेको प्रतिवेदनअनुसार बालिका बलात्कारको ३२ घटनामा २ र ३ वर्षीया समेत गरी ३३ बालिका पीडित भए। १२ देखि ६५ वर्षीय वृद्धसमेत ४३ आरोपितमध्ये १७ थुनामा र ११ विरुद्ध पक्राउ पूर्जी जारी भयो भने छ फरार छन्।

बाल बिज्याइको आरोपमा दुई संरक्षकको जिम्मामा, दुई बालकको कैद सजाय स्थगन भएको छ। ३ जनाले सफाइ पाए, एक जना धरौटीमा रिहा भए भने एक मङ्सिर १ गते पक्राउ परेका छन्।

महिला बलात्कारको ११ घटनामा १९ वर्षीयादेखि ७० वर्षीयासम्म पीडित बनेको घटना अभिलेख गरिएको छ। आरोपित २४ जनामा १७ वर्षीयदेखि ६५ वर्षीयसम्मका रहेका छन् । जसमध्ये १० थुनामा, सात फरार, छ जनामाथि पक्राउ पूर्जी वारेण्ट जारी भएको छ भने एकजनाले सफाइ पाएका छन्।

महिला यौन दुव्र्यवहारका चार घटनामा २ महिला पीडित र ५ आरोपित देखिएको छ। आरोपितमध्ये २ जनामाथि पक्राउ पूर्जी, २ जना धरौटीमा रिहा भए भने एक जनाले सफाइ पाएका छन्।

बालिका यौन दुव्र्यवहारका १३ घटनामा ३ र ६ वर्षका बालिकासमेत पीडित बने । आरोपित १३ वर्षीयदेखि ६५ वर्षीयसम्म १६ जना रहेका छन्। जसमध्ये तीन बालक बालसुधारगृहमा, एक संरक्षकको जिम्मामा र एक बालक थुनामा छन्। एक जनालाई कैद सजाय, ५ थुनामा, १ जनामाथि पक्राउ पूर्जी जारी, एक जना फरार छन् भने तीन जना धरौटीमा रिहा भएका छन्।

२०७५ मंसिर ८ गते ७:१५ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर