काठमाडौंमा राष्ट्रपतिलाई गाडी किन्न भिख माग्दै युवाहरु (भिडियो सहित)

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ८ गते ८:२०

काठमाडौं। राष्ट्रपतिका लागि गाडी खरिद गर्न भन्दै केही युवाहरुले राजधानीको पशुपतिनाथ मन्दिर परिसरमा भिख मागेका छन्।

जनताको प्रत्यक्ष सरोकार रहेको आधारभूत सेवा सुविधाहरु सम्बोधन हुनुको साँटो जनताले जनताको लागि चुनेका जनप्रतिनिधि र सरकार प्रमुख नै विलासिताको पछि लागेको भन्दै युवाहरुले सांकेतिक विरोध स्वरुप एक रुपैया भिख मागेका हुन्।

सरकारले १८ करोड खर्च गरेर राष्ट्रपतिका लागि बुलेटफ्रुफ गाडी सहितको सवारी साधन किन्ने निर्णय गरेपछि सो निर्णयको चौतर्फी विरोध भईरहेका बेला स्वतस्फुर्त रुपमा युवाहरु भीख माग्ने कार्यक्रमा सहभागी भएका हुन्।

शनिबार बिहान पशुपतिनाथ मन्दिर परिसरमा भेला भएका युवाहरुले “दान गर्नुहोस् पुन्य कमाउनुहोस्” भन्दै सर्वसाधरणसंग एक एक रुपैया भिख मागेका हुन्।

१८ करोड रुपैयाको गाडी चढ्ने नेपालीको हैसियत नभएको र राज्यको ढुकुटी रित्याएर कसैको पनि विलासिताको चाहना पूरा गराउन जनताले सरकारलाई म्याण्डेट दिन नसक्ने भन्दै युवाहरुले निर्णयको विरोध गरेका छन्। युवाहरुले पशुपति बनकाली क्षेत्रमा बसेर दर्शनार्थी, बटुवा, बालबालिका बुढाबुढी सबैसंग भिख मागेका थिए।

युवाहरुले संकलित रकमबाट खेलौना गाडी किनेर वा उठेको सबै पैसा राष्ट्रपति कार्यालयलाई बुझाउने बताए।

२०७५ मंसिर ८ गते ८:२० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर