निर्मलाको बुबाको मानसिक स्वास्थ्य झन् बिग्रीयो, आज काठमाडौं ल्याईदै

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ८ गते १२:५६

काठमाडौं । मानसिक स्वास्थ्यमा थप समस्या आएपछि निर्मला पन्तका बुवा यज्ञराज पन्तलाई आज काठमाडौं ल्याइने भएको छ।

बलात्कार पछि हत्या गरिएकि छोरि निर्मलाको न्यायका लागि धर्नामा बसेको बुवा यज्ञराजको मानसिक सुन्तलन गुमेपछि उपचारका लागि काठमाडौं ल्याइन लागिएको हो ।

बुबा यज्ञराजको मानसिक सन्तुलन बिग्रिएपछि उनले सडकमा अस्वाभाविक व्यवहार गर्ने गरेका छन् । न्यायका लागि धर्नामा बसेका बेलामा पनि उनी बर्बराउने, नाराबाजी गर्ने र बेलाबेलामा जोसिने अनि रूने गर्दै आएका छन्।

सम्हाल्न निकै गाहा्रो भएपछि आज साँझ काठमाडौं ल्याईन लागिएको हो । सरकारसँग न्याय माग्दामाग्दै थाकेका निर्मलाका पिताको कहालिलाग्दो यो अवस्था प्रति धेरैले सहानुभुति प्रकट गरेका छन् । न्याय दिन नसकेको सरकारप्रति मानिसहरुले आक्रोस पोखिरहेका छन् ।

कञ्चनपुरकी १३ वर्षकी बालिका पन्तको गएको साउन १० गते घरबाट गृहकार्य गर्न भन्दै साथीको घर पुगेकी उनको ११ गते उखुबारीमा शव भेटिएको थियो।

हेर्नुहोस् डिसी नेपाल डटकमले तयार पारेको एक रिर्पोट

२०७५ मंसिर ८ गते १२:५६ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर