सर्बसाधारणका लागि नारायणहिटी दरबारका १० कोठा खुल्ला

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ८ गते १३:०१

काठमाडौँ । नारायणहिटी दरबार सङ्ग्रहालयका विभिन्न दश कक्ष सर्वसाधरणले अवलोकन गर्न सक्ने भएका छन्। तात्कालिन राजपरिवारले विभिन्न प्रयोजनका लागि उपयोग गर्ने गरेका दश कक्षहरुलाई हिजो शुक्रबार देखि सर्वसाधरणले पनि अवलोकन गर्न पाउने गरि खुल्ला गरिएको हो।

यो संगै संग्राहलयका सिन्धुली, झापा, इलाम, सुनसरी, सप्तरी, सिराहा, पर्सा, चितवन , कपिलवस्तु र अंगरक्षकहरुको कार्यकक्ष सर्वसधारणले पनि अवलोकन गर्न पाएका छन्।

शृंङगार कक्षको रुपमा राखिएको सिन्धुली बैठकमा तात्कालिन राजनीले पोशाक पहिरिने, श्रृंगार गर्ने तथा दिउसोको खानापछि आराम गर्ने कक्षको रुपमा प्रयोग हुने गर्दथ्यो। त्यसैगरी गणेश हिमाल कार्यकक्ष भनिएको इलाम बैठकमा तात्कालिन राजाले हप्ताको एक दिन विहिबार प्रधानमन्त्रीसंग छलफल गर्ने तथा अन्य विशिष्ट व्यक्तिसंगको छलफलका लागि प्रयोग गर्दथे।

झापा बैठक प्रतिक्षालयको रुपमा प्रयोग गरिन्थ्यो । दर्शन वा भेटका लागि आउने पाहुनाहरुलाई सो कक्षमा राख्ने गरिन्थ्यो । त्यसैगरी जनै पुर्णिमाका दिन तत्कालिन राजपरिवारका सदस्यहरुले राजपुरोहितबाट रक्षा बन्धन गर्ने, जनै फेर्ने जस्ता धार्मिक कार्य र रात्रिभोज वा दिवा भोजका समयमा शाकाहारी खाने राख्नका लागि सुनसरी बैठक कक्ष प्रयोग गरिन्थ्यो।

सप्तरी बैठक कक्ष पूर्व मुमा बडामहारानी तथा तात्कालिन युवराजको जन्मोत्न्सवको अवसरमा आउने पाहुनाको लागि भोजन गर्ने कक्षको रुपमा प्रयोग गरिन्थ्यो। सिराहा बैठक कक्ष विशेष भोजको समया खान पछि र खाना अघि बसेर छलफल गर्ने कक्षको रुपमा तथा पर्सा, चितवन र कपिलवस्तु पाहुना कक्षको रुपमा प्रयोगमा ल्याउने गरिन्थ्यो।

अंगरक्षकहरुको कार्यकक्षमा तात्कालिन राजाको सुरक्षामा खटिएका अंगरक्षकहरु बस्ने गर्दथे । यी कक्षहरु अहिले सम्म सर्वसाधरणका लागि खुल्ला गरिएको थिएन। संङ्ग्राहलयमा ५२ वटा बैठक कक्ष रहेका छन्। यसैबीच केही समय अघि तात्कालिन राजाले पहिरिने श्रीपेच सर्वसाधरणको अवलोकनका लागि सार्वजनिक गरिएको थियो। नोटः यो सामाचार हिजो शुक्रबार को हो। समय अभावका कारणले हिजो पठाउन नसकेको जानकारी गराईन्छ।

२०७५ मंसिर ८ गते १३:०१ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर