उडिरहेको तारा एयरको विमानमा यात्रुको मृत्यु

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ८ गते १३:५०

मुगु । राराबाट नेपालगञ्जका लागि उडेको तारा एअरको जहाजमा सवार एक यात्रुको ज्यान गएको छ।

आज दिउँसो रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एयरलाइन्सको टुइनेटर 9N AET कल साइनकलको उडान नम्बर ७१६ जहाजमा यात्रा गरिरहेको यात्रुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

जहाभित्रै ज्यान जानेमा मुगुको सोरु गाँउपालिका वडा नम्बर ८ गिलाहाँ घर भएका अन्दाजी ३८-३९ वर्षीय धीरबहादुर शाही रहेका छन्। अहिले पोस्टमार्टमका लागि शव भेरी अस्पतालमा पुर्याइएको छ। आफन्तले भने यात्रु बिमा रकम नपाएसम्म शव नबुझ्ने बताएका छन्।

केही समयदेखि निमोनियाबाट ग्रष्त भएका धीरबहादुर शाही थप उपचारका लागि नेपालगञ्ज जाँदै गर्दा विमानमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत प्रहरी निरिक्षक डेकेन्द्र शर्माले डिसी नेपाललाई बताएका छन्।

२०७५ मंसिर ८ गते १३:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर