सरकारको चौतर्फी आलोचना भएपछि प्रधानमन्त्री ओलीले बोलाए गोप्य बैँठक

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ८ गते १३:५४

काठमाडौं । दुईतिहाइ मत हुँदा समेत काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना खेपिरहेका सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले आज ५ मन्त्रीहरूलाई बोलाएर छलफल गरेका छन्।

सिंहदरबारस्थित आफ्नो कार्यालयमा बोलाएर प्रधानमन्त्री ओलीले मन्त्रालयगत कामको सम्बन्धमा समीक्षा गरेका हुन् । प्रधानमन्त्री ओलीले उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, कानुनमन्त्री भानुभक्त ढकाल, उद्योगमन्त्री मात्रिका यादव, अर्थमन्त्री डा। युवराज खतिवडा र उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई बोलाएर प्रधानमन्त्रीले रफ्तारमा काम गर्न निर्देशन दिएको बताइएको छ।

मन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले अब विदेश भ्रमण धेरै नगर्नपनि निर्देशन दिएका छन्। उनले सम्बन्धित मन्त्रालयका सचिवहरूलाई पनि मन्त्रालयका फाइलहरू किन अघि सर्दैनन् रु भनेर प्रश्न सोधेका थिए। अब कुरामात्रै होइन काम गरेर देखाउनुहोस् भनेर ओलीले मन्त्री तथा सचिवहरूलाई निर्देशन दिएको बताइएको छ।

२०७५ मंसिर ८ गते १३:५४ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर