बस दुर्घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे काँग्रेस नेताहरु

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ९ गते २:५०

काठमाडौं । बिहीबार डडेल्धुरा र डोटीको बीचमा भएको स्कुल बस दुर्घटनामा परी घाइतेहरु भएकाहरुलाई भेट्न काँग्रेस सभापति शेर बहादुर देउवालगायतका नेताहरु वीर अस्पतालमा पुगेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य वीर ब बलायर, एनपि साउँद, पूर्वमन्त्री भक्त ब बलायर नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य राम रोकायालगायतका नेताहरु घाइतेहरुको अवस्था बुझ्न अस्पताल पुगेका हुन्।

डडेलधुरामा मेला हेरेर फर्किएको स्कुल बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो। २८ भन्दा बढी घाइते भए।

२०७५ मंसिर ९ गते २:५० मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर