निर्मलाका बुवालाई थप उपचारका लागि काठमाडौँ ल्याइदै

आजको खबर   |    प्रकाशित : २०७५ मंसिर ९ गते ३:५९

धनगढी । बलत्कारपछि हत्या गरिएकी छोरीको हत्यारा पत्ता लगाउन माग गर्दै १४ दिनदेखि अनिश्चितकालीन धर्नामा बसेका निर्मला पन्तका बुबा यज्ञराजको मानसिक अवस्था बिग्रिदै गएपछि थप उपचारका लागि काठमाडौं लगिएको छ।

शनिबार साँझ हवाइजहाजबाट काठमाडौं लैजाने भनि गेटा विमानस्थल पुर्याइएका उनले एक्कासी रुने, हास्ने, बर्वराउने, गाली गर्ने, ढुङगामुडा गर्न थालेपछि बिमानमा लैजान समस्या भएपछि सुदूरपश्चिम प्रदेशका माननीय मुख्यमन्त्री त्रिलोचन भट्टको निर्देशनमा प्रमुख स्वकीय सचिव शिवसिंह ओली मार्फत हिजै भाडाको स्कारपियोमा यज्ञराजलाई काठमाडौं लगिएको हो।

प्रहरी सहायक निरीक्षक दीपक धामीको नेतृत्वमा ३ जना प्रहरी टोली र सेती अंचल अस्पतालका स्वास्थ्यकर्मी सुनिल विकको साथमा यज्ञराजलाई काठमाडौं लगिएको हो। उनको महाराजगंजस्थित त्रिबि शिक्षण अस्पतालमा उपचार व्यवस्था मिलाइएको छ। उपचारको सबै खर्च प्रदेश सरकारले ब्यहोर्ने गरी यज्ञराजलाई काठमाडौं पठाइएको र १३ हजार रुपैयाँ बाटो खर्च समेत उपलब्ध गराएको माननीय मुख्यमन्त्रीका प्रमुख स्वकिय सचिव ओलीले बताए।

छोरीको न्यायका लागि अनिश्चितकालीन धर्नामा बसेका उनको स्वास्थ्यसँगै दिनप्रतिदिन मानसिक अवस्था बिग्रिँदै गएकाले चिकित्सकहरुले उपचारका लागि काठमाडौँ लैजान सुझाव दिएका थिए।

२०७५ मंसिर ९ गते ३:५९ मा प्रकाशित

FACEBOOK COMMENTS

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु

फिचर