हेर्नुहोस् भिडियोमा लैनचौरको रेष्टुरेण्टमा पूर्वराजाको रमाइलो डान्स (भिडियोसहित)
आजको खबर | प्रकाशित : २०७५ मंसिर ९ गते ५:३५

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले रेस्टुरेण्टमा गरेको डान्स अहिले चर्चाको विषय बनेको छ। शुक्रबार साँझ पूर्वराजाले लैनचौरस्थित तिर्सरा रेस्टुरेण्टमा डान्स गरेका थिए। शुक्रबार ज्वाइँ राजीव शाहीको जन्मदिनमा पूर्वराजा ज्ञानेन्द्र शाह आफन्तहरुसँग नाचगानमा सहभागी भएका हुन्।
उनीसँगै पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह, पूर्व युवराज पारस शाह र राजपरिवारका सदस्यहरुको उपस्थिति थियो। पूर्वराजा सहभागी भएको पार्टीका फोटोहरु तिर्सरा रेष्टुरेण्टले आफ्नो फेसबुक पेजमा राखेको छ। फोटोमा पूर्वराजपरिवार साान्य नागरिकसरह देखिएका छन्।
रेष्टुरेण्टले फेसबुकमा पोस्ट गरेका फोटोहरुमा विभिन्न किसिमका प्रतिक्रिया आएका छन्। केहीले पूर्वराजपरिवारले आम नागरिकको जीवनमा पूर्ण रुपमा अभ्यस्त भइसकेको भनेका छन्। केहीले राजा छँदा यसरी रमाइलो गर्न पदले नदिने तर अहिले उननी विदा मनाउन निस्केका व्यवसायीजस्तो देखिएको प्रतिक्रिया दिएका छन्। यसअघि पूर्वराजा शाह देशका विभिन्न मठमन्दिर र महायज्ञमा सहभागी हुनुका साथै धार्मिक स्थलको यात्रा समेत गरेका थिए। डिसी नेपालबाट साभार
(हेर्नुहोस् भिडियो)